लोकतान्त्रिक गणतन्त्रलाई छेड्छाड् गर्ने हर्कत गर्न हुदैन: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय समुदायको समेत सद्भाव रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई छेड्छाड् गर्ने हर्कत कसैले गर्न नहुने बताएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रमा देखिने सामयिक जनअसन्तुष्टी र विवाद लोकतान्त्रिक प्रक्रियाबाटै हल हुन्छ भन्ने हेक्का सबैले राख्नुपर्ने बताएका हुन् । उनले भारतीय मिडियाद्वारा नेपालबारे प्रसारित अत्यन्त खतरनाक, दुराशयपूर्ण, प्रतिगमनकारी धार्मिक कट्टरपन्थ र  मृत राजतन्त्र पुनस्थापनाको दुस्वप्न भएको टिप्पणी समेत गरेका छन । नेपाललाई धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रबाट षडयन्त्रपूर्ण ढंगले पछाडि धकेलेर प्रतिक्रान्तिकारी अस्थीरताको भूमरीमा  फसाउँदा त्यसको छालले खुला सिमानाले जोडिएको छिमेकी भारतलाई पनि लपेट्न सक्ने पूर्व प्रधानमन्त्री भट्टराईको भनाइ छ । राजतन्त्रात्मक धार्मिक कट्टरपन्थले चीनलाई समेत हिमाल वारी तानेर भारतीय सुरक्षा चासोमा झन् खतरा उत्पन्न गर्नसक्ने उनको भनाइ छ । 
 

प्रतिक्रिया