सुनको मूल्यमा आजपनि नयाँ कीर्तिमान कायम

नेपाली बजारमा सुनको मूल्यमा आजपनि नयाँ कीर्तिमान कायम भएको छ । यो साता लगातार बढिरहेको सुनको हिजोको मुल्य आज प्रतितोला ३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको हो । आजका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज स्थिर छ । सोमबार तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १५ सय रूपैयाँ मूल्य कायम भएको चादी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले प्रतिऔँस २ हजार अमेरिकी डलरको बिन्दु छोएको छ । पाँच महिनापछि सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिसँगै डलरको अधिमूल्यनले पनि सुनको भाउ बढाएको हो ।

प्रतिक्रिया