'सामाजिक सुरक्षा योजना’ लागू भएको पाँच वर्ष पूरा, नौ लाख २८ हजारभन्दा धेरै श्रमिक सूचीकृत

योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू भएको पाँच वर्ष पूरा भएको छ । अहिलेसम्म सामाजिक सुरक्षा कोषमा नौ लाख २८ हजारभन्दा धेरै श्रमिक सूचीकृत भएको कोषले जनाएको छ । यस्तै, ४४ अर्ब ८५ करोड रुपैयाँ कोषमा जम्मा भएको छ । अहिलेसम्म तीन लाख ३३ हजारभन्दा धेरै योगदानकर्ताले कोषबाट सञ्चालित विभिन्न योजनमार्फत ६ अर्ब ४४ करोड रुपैयाँ दाबी भुक्तानी लिएका छन । वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत सबैभन्दा बढी पाँच अर्ब ४८ करोड ९७ लाख, औषधि उपचार तथा स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत ७६ करोड १२ लाख, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत १० करोड ९६ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत आठ करोड ७५ लाख र दाबी भुक्तानी भएको हो । कोषकाअनुसार नौ हजार ७४४ जनाले एक अर्ब ७२ करोड ४७ लाख भन्दा बढी रुपैयाँ विशेष सापटी कर्जा सुविधा लिइसकेका छन् भने १७ जनाले दुई करोड ८९ लाखभन्दा बढी रुपैयाँ घर कर्जा सुविधा लिइसकेका छन् । सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा ज्यान गुमाएकाका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपैयाँसम्म पेन्सन लिन थालेका छन् । सामाजिक सुरक्षा योजनामा औषधिउपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्धावस्था सुरक्षा, आश्रित परिवार सुरक्षा, बेरोजगार सहायता लगायतका कार्यक्रम समावेश छन् । 

प्रतिक्रिया