सर्लाहीमा सम्बन्ध विच्छेदका घटना बढ्यो

सर्लाही जिल्लामा सम्बन्ध विच्छेदका घटना बढेका छन । जिल्ला अदालतबाट १६ महिनाको  अवधिमा २ सय २८ जोडीले सम्बन्ध विच्छेद गरेका हुन । अदालतमा दैनिक २ देखि ३ जोडी सम्बन्ध विच्छेदको मुद्दा लिएर पुग्ने गरेको तथ्यांकले देखाएको छ । धेरेजसो श्रीमान विदेश गएर घर आउँदा पत्नीसँग मनमुटाव भई सम्बन्ध विच्छेदका लागि पुग्ने गरेको पाइएको छ ।
सम्बन्ध विच्छेद हुनुको मुख्य कारणमा वैदेशिक रोजगार, बेरोजगारी,घरेलु हिंसा ,दाइजो ,प्रेम विवाह र बेमेल विवाह देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा २ सय ४१ वटा मुद्दा दर्ता भएका छन । जसमध्ये १ सय ८० वटा मुद्दाको फर्छ्यौट भइसकेका छन । त्यस्तै आर्थिक बर्ष २०८०/०८१ को कात्तिक मसान्तसम्ममा ८२ वटा जोडीले मुद्दा दर्ता गराएका छन् । जसमध्ये ३८ जोडीको अदालतले सम्बन्ध विच्छेद भैसकेको छ । ७९/०८० देखि  ०८०/०८१ को  कात्तिकसम्मको १६ महिनाको अवधीमा ३ सय २३ वटा मुद्दा दर्ता भइ २ सय २८ वटाको फर्छ्यौट भएको छ । 

प्रतिक्रिया