नेपालमा आज सुनको मूल्य अहिलेसम्मकै महँगो

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँ तोकेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँ बढेर उच्च मूल्यको कीर्तिमान बनेको हो । यसअघि  कात्तिक ११ गते सुनको मूल्यले प्रतितोला एक लाख १७ हजार रुपैयाँको उच्च कीर्तिमान बनाएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च हो । सुनचादीको भाउ अझै बढ्न सक्ने अनुमान छ । 
 

प्रतिक्रिया