रास्वपाको केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक आजबाट जलेश्वरमा
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ । पहिलो पटक काठमाडौं उपत्यका बाहिर केन्द्रीय समिति र संसदीय समितिको बैठक गर्न लागेको रास्वपाले महोत्तरीको जलेश्वरमा बैठक गर्न लागेको हो । बैठक आगामी १३ गतेसम्म गरी तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीको राजनीतिक प्रतिबेदन, आर्थिक प्रतिवेदन, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायत छलफलका विषय रहेका छन । बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवाश्यक निर्णय लिनेछ । बैठकमा प्रदेश प्रमुख सहित जिल्लाका सभापतिहरुको पनि उपस्थिति रहने छ ।
प्रतिक्रिया