चिसोका कारण भुकम्पपीडित सुत्केरीको मृत्यु ,  चिसोले ज्यान गुमाउने भुकम्प पीडित पन्ध्र पुगे

जाजरकोटमा भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बस्ने गरेकी एक सुत्केरीको चिसोले मृत्यु भएको छ । नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोले मृत्यु भएको हो । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । चदाराको आइतबार राति चिसोबाट मृत्यु भएको हो । चदाराले छोरीको जन्म दिएकी थिइन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भयो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । जाजरकोटमा चिसोले मृत्यु हुनेको संख्या यसअघि नै १४ पुगिसकेको छ ।
 

प्रतिक्रिया