हमासद्वारा बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण

प्यालेस्टिनी बिद्रोही समूह हमासले बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको छ । हमासले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको हो । अस्थायी युद्धविरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सात विदेशी नागरिक समेत १३ जना रिहा भएको जनाएको छ । आइतबार राति छोडिएका बन्धकमध्ये १३ इजरायली, तीन थाई र एक रुसी नागरिक छन् । इजरायलले आफ्ना १४ र तीन विदेशी नागरिकलाई हमासले रेडक्रस सामु बुझाइएको बताएको छ । बन्धकको राष्ट्रियतालाई लिएर केही उल्झन देखिएको छ । रूसका नागरिकसँग इसराइलको पनि नागरिकता भएकाले यस्तो भएको हो । हमासले रूसी राष्ट्रपति पुटिनको प्रयासका कारण बन्धक रिहा गरेको बताएको छ । यद्यपी इजरायलले उनी आफ्ना नागरिक रहेको बताएको छ । इजरायलले पनि थप ३९ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । कतारले मध्यस्थता गरेको इजरायल–हमासबीचको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरायली बन्धकहरूको तेबर संख्यामा इजरायलले प्यालेस्टिनी बन्दी छाड्ने गरेको छ । अहिलेसम्म करिब ३९ इजरायली र १ सय २० जना प्यालेस्टिनी रिहा भैसकेका छन् । तर नेपाली बन्धक विपिन जोशी भने अझै पनि मुक्त हुन सकेका छैनन् । युद्धविरामको अन्तिम दिन आजसम्म उनी मुक्त नभए बन्धक अवधि थप लम्बिनेछ । हमास र इजरायलबीच चारदिनसम्म युद्धविराम भएको छ । 
 

प्रतिक्रिया