समयमा निर्माण नसक्ने निर्माण कम्पनीको कुन सुनुवाइ हुँदैन: मन्त्री  ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समयमा निर्माण नसक्ने निर्माण कम्पनीलाई सरकारले कुनै कुराको सुनुवाई नगर्ने बताएका छन् । बाँके राप्ती सोनारीको माथेबास र धामपुर जोड्ने पुलको उदघाटन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् । उनले निर्माण सम्झौता गर्ने र समावधीमा सम्पन्न नगर्ने कार्यको स्वीकार्य नहुने स्पष्ट पारे । निर्माण सम्पन्न भई संचालनमा आएको सो पुल राप्तीसोनारी क्षेत्रका बासिन्दाका लागि जीवनरेखाको रुपमा रहेको उल्लेख गर्र्दै मन्त्री ज्वालाले बाँके राप्तीसोनारीको नारायणपुर चौकदेखि पूर्व दाङ सीमानासम्म जोड्ने हुलाकी राजमार्गको बाँकी रहेको काम पनि अगाडि बढाइने बताए । 
५ सय ५४ दशमलव ४५ मिटर लामो र ११ मिटर चौडाई रहेको उक्त पुल ७३ करोड ६३ लाख रुपैयाँको लागतमा तुन्दी रसुवा कुमार जेभीले निर्माण गरेको हो । पुल निर्माणसंगै राप्ती क्षेत्रका १० हजार ७४२ घरधुरीका करीब ६० हजार जनसंख्या लाभान्वित हुनेछन् ।

प्रतिक्रिया