रास्वपाको केन्द्रीय र संसदीय दलको संयुक्त बैठक महोत्तरीमा हुने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीमा हुने भएको छ । बैठक मंसिर ११, १२ र १३ गते महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने भएको हो । बैठकमा प्रदेश सभापतिहरूको पनि सहभागिता रहने बताइएको छ । तीन दिनसम्म चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, सासंदहरूको र संसदीय कार्यको समीक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिबारे छलफल एवं निर्णय हुने बताइएको छ । 
 

प्रतिक्रिया