स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डाक्टर केसीको माग
चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन् । मन्त्री बस्नेतले आफूमाथि लाञ्छना लगाएको विषयमा ध्यानाकर्षण भएको भन्दै डा केसीले विज्ञप्ति जारी गर्ने क्रममा मन्त्री बस्नेतलाई बर्खास्त गर्न माग गरेका हुन । बस्नेतले स्वास्थ्य मन्त्रीका रुपमा जिम्मेवारी सम्हालेदेखि नै मेडिकल माफियाका पक्षमा लबिङ गरिरहेको भन्दै डा केसीले उनलाई बर्खास्त गर्न माग गरेका हुन । मन्त्री बस्नेतले लगाएको आरोप कपोलकल्पित र झुठा भएको केसीको दाबी छ । स्वास्थ्य मन्त्री बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव दै नभएको भन्दै डा केसीले जान्ने प्रयास समेत नगरेको आरोप समेत लगाएका छन । डाक्टर केसीले छानबिन आयोग गठन गर्न चुनौती दिँदै आफू जुनसुकै सजाय भोग्न तयार रहेको समेत बताएका छन ।
प्रतिक्रिया