भुकम्प पीडितलाई अनुदान दिने प्रक्रिया आजवाट सुरु,, पहिलो किस्तामा पच्चिस हजार

कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पमा परी घरबास गुमाएकाहरुलाई अस्थायी आवास बनाउन रकम दिने प्रक्रिया आजवाट सुरु हुने भएको छ । सरकारले आजवाट पहिलो किस्ताबापत २५ हजार रूपैयाँ दिने प्रक्रिया आजवाट सुरु हुने भएको हो । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण कार्यविधि संशोधन गर्दै सम्बन्धित स्थानीय तहले नै लाभग्राही घरधुरीको एकिन गर्ने निर्णय भएसँगै अस्थायी आवास बनाउन पहिलो किस्ताको रकम पठाउन लागिएको हो । आज जाजरकोट र रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरूलाई प्रतिघरपरिवार २५ हजार रुपैयाँका दरले पहिलो किस्ता पठाउने तयारी गरेका हुन । भूकम्पप्रभावित जाजरकोट, पश्चिम रूकुम, बझाङ, बाजुरा, सल्यानलगायतका जिल्लामा अस्थायी आवास बनाउन १ अर्ब ४१ करोड रूपैयाँ निकासा गरेको छ । दुई चरणमा गरी घरबास गुमाएकाहरूले अस्थायी घर बनाउन सरकारले ५० हजार दिनेछ । 

प्रतिक्रिया