द्रुत बस सेवा आजदेखि पुनः सुचारु
दसैं यता सेवा रोकिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएका छन । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बसले सेवा दिन थालेको हो । निजी सवारी साधन नभएकालाई सार्वजनिक यातायातमा आकर्षित गर्नका लागि सुरु गरिएको सेवामा ३६ बसले यात्रु ओसार्ने भौतिक पूर्वाधार तथा यातायातले जनाएको छ । बस सञ्चालनका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड थपिएका छन् । ११ वटा बस थपेर सेवालाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ । द्रुत बस बिहान र बेलुकाको पिक आवरमा हरेक तीन मिनेटमा बस छुट्ने छन् । गत असोज ३ गते संविधान दिवसका अवसरमा तीन करोड रुपैयाँ खर्च गरेर द्रुत बस सेवा सुरु गरिएपनि दशैं अगाडी बन्द भएको थियो । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन, यात्रुहरूको जाम कम गर्ने तथा निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारीसाधनमा आकर्षित गर्ने उद्देश्य बस सेवाले लिएको छ ।
प्रतिक्रिया