हमासद्वारा थप ते¥ह जना इजरायली र चार जना थाई बन्धक रिहा

गाजामा जारी चार दिने युद्धविरामका क्रममा हमास र इजरायल दुबै पक्षले बन्धक छाडने क्रम जारी छ । पछिल्लो पटक हमासले गाजामा पक्राउ परेका थप १३ जना इजरायली बन्धक र ४ जना थाई नागरिकलाई रिहा गरेको हो । उनीहरूलाई हमासले रेडक्रसको जिम्मा लगाएको हो । गएराति हमासले इजरायली र थाई रिहा गरेसँगै थप ३९ जना प्यालेस्टिनी कैदीहरूलाई पनि इजरायलले जनाएको छ । योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इसराइलको जेलबाट मुक्त भएका छन । इजरायल–हमासबीच भएको युद्धविरामको पहिलो शुक्रवार १३ जना इजरायली, ३९ जना प्यालेस्टिनी, १० जना थाई नागरिक र एक जना फिलिपिनी नागरिकलाई रिहा गरिएको थियो । थाई र फिलिपिनी नागरिकलाई भने कतारको छुट्टै कुटनीतिक पहलमा हमासले रिहा गरेको हो । कतारको मध्यस्ततामा हमास र इजरायलबीच भएको सम्झौतामा चार दिन युद्धविराम अव एक दिन बाँकी छ । युद्धविराम अवधिमा हमासले कम्तीमा ५० जना बन्धीलाई रिहा गर्ने सहमति भएको छ ।  इजरायलले एक बन्धक बराबर तीन जनाको दरले कैदीबन्दी रिहा गर्नेछ । हमासले सबै बन्धकलाई मुक्त गरेपछि इसराइलले पुनः गाजामा आक्रमण गर्ने प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बताएका छन् । अक्टोबर ७ मा हमासले इसराइलमाथि आक्रमण गरी इसराइलसहित २६ देशका २३९ नागरिकहरूलाई बन्दी बनाएर गजा लगेको थियो। जसमा नेपालका विपिन जोशी पनि छन । हमासको आक्रमणमा इसराइलमा १० नेपाली नागरिकसहित १ हजार २ सय जना मारिएको थिए । इसराइलको आक्रमणबाट गाजामा १३ हजारभन्दा बढी नागरिकहरूको मृत्यु भइसकेको छ । युद्धविरामबीच गाजामा विभिन्न मुलुकहरूले मानवीय सहायता पु¥याइरहेका छन् । अत्यावश्यक इन्धन, खाद्यान्न र औषधी लगायतका मानवीय सहायता इजिप्ट लगायतका देशहरूले गाजामा पठाएका हुन ।। 

प्रतिक्रिया