प्रसाई नेतृत्वको राष्ट्र बचाउ अभियानद्वारा सिफल चौरमा प्रदर्शन
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक वचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग गर्न युवाहरुलाई आह्वान गरेका छन् । शनिवार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले पार्टीको झण्डा छाडेर राष्ट्रिय झण्डासहित आफूले चालेको भ्रष्टाचार र वेथितिविरुद्धको आन्दोलमा सहभागी हुन सबै पार्टीका युवाहरुलाई आह्वान गरेका हुन् । उनले आफ्नो आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँवासीसँग गुनासो समेत गरे । उनले युवाहरु विदेसिएको र देशमा बस्न सक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे ।
प्रसाईं समूहले तीनकुने र माइतीघरमा प्रशासनले प्रदर्शन गर्न नदिएपछि सिफलमा प्रदर्शन गरेको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि सिफलमा प्रदर्शन गर्न अनुमति दिएको हो । प्रसाईं समूहले बिहीबारबाट काठमाडौं उपत्यकामा बृहत नागरिक मुक्ति आन्दोलन नामक आन्दोलन गरिरहेका छ ।
प्रतिक्रिया