प्रसाई नेतृत्वको राष्ट्र बचाउ अभियानद्वारा आज सिफल चौरमा प्रदर्शन र सभाको आयोजना
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति एवं नागरिक वचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समूहले काठमाडौँको सिफल चौरमा प्रदर्शन र सभाको आयोजना गरेको छ । तीनकुने र माइतीघरमा प्रशासनले प्रदर्शन गर्न नदिएपछि महाअभियानले सिफलमा प्रदर्शन गरेको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि सिफलमा प्रदर्शन गर्न अनुमति दिएको हो । सो क्षेत्रमा पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रसाईं समूहले बिहीबारबाट काठमाडौं उपत्यकामा बृहत नागरिक मुक्ति आन्दोलन नामक आन्दोलन गरिरहेका छ । पहिलो दिन बल्खुमा गरिएको कार्यक्रम निकै तनावपूर्ण भएको थियो । दोस्रो दिन हिजो तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरिएको थियो । तर प्रशासनले प्रदर्शनका लागि पुगेका अभियानका कार्यकर्तालाई पक्राउ गरेपछि निर्धारित कार्यक्रम हुन सकेको थिएन । हिजो तीनकुनेस्थित प्रदर्शन स्थलबाट पक्राउ परेका २ सय ६१ जनालाई छाडिएको प्रहरीले जनाएको छ । पूर्व राजाका समर्थक ५ जनालाई चाहिँ प्रहरीले मुद्दा चलाउने भएको छ । प्रदर्शनमा सहभागी शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित पाँच जनाविरुद्ध मुद्दा चल्ने भएको हो । सरकारले खड्कासहित मुनेन्द्र राजभण्डारी, अनुपविक्रम शाही, सतिश न्यौपाने र आवास खड्कालाई प्रहरीले मुद्दा चलाउने निर्णय गरेको छ ।
प्रतिक्रिया