हुम्ला, र मुगुका भोटेजनजाती चिसो छल्न बेसीतिर झरे
बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका भोटेजनजाती चिसो छल्न बेसीतिर झरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेपछि भेडा, च्याङ्गा, गाइबस्तु र परिवार सहित औलतिर झरेका हुन् । यहाँका भोटे जनजातीहरु सधै हिउँदको समयमा जाँडो छल्न बेशीतिर लाग्ने गरेका छन् । हिमपातसँगै चिसोबढेपछि कार्तिकको अन्तिम साता देखी बेशी झर्न लागेको भोटे समुदायले जनाएका छन । बसाई सराईका क्रममा उनीहरु बाजुराको दक्षिणी क्षेत्रका बाह्रबिस, कुल्देबमाडौ लगायत अछाम, डोटी र सुर्खेतसम्म पुग्ने गर्दछन् । हिमाली भेगका प्राय जसो बस्तिहरुमा हिमपात हुने र भेडा चराउन समस्या हुने भएका कारण जाडो समयमा बेशीतिर सर्ने गर्दछन । बेशीमा गएर व्यापार व्यबसाय गरी आम्दानी गर्न सकिने र चिसो समय विताउन सजिलो हुने भन्दै प्राय भोटे जनजातीहरु सपरिवार सहित एक पछि अर्को बस्तिहरु छोडेर बेशी तिर झरीरहेका छन । गाउँमा हिउँदयाममा हिमपात र चिसो हुने भएकाले आफ्नो सम्पति लिएर ६ महिनाको लागि अछामतिर जाने गरेको जनजातीहरुको भनाई रहेको छ । उनी मात्र नभई जिल्लाको उत्तरी क्षेत्र, हुम्ला र जुम्ला बसोबास गर्ने अधिकांश भोटे जनजाति केही महिनाको बसाई सर्ने गर्दछन् । बाजुरामा मात्र करिब १० हजार बढी जनसंख्या रहेको यस जिल्लाका भोटे जनजातीहरु र अन्य समुदाय बर्षादका चार महिना सम्म उत्तरी भेगमा पर्ने चीन तिर जाने गर्दछन, भने केहि महिना गाँउमा बस्ने गर्दछन् । अहिले गाँउनै खाली गरेर भेडाच्याङ्ग्रा सँगै भोटे जनजातीहरु बेशी झर्ने भएपछि बालबालिका पढाई बाट बञ्चित हुने गरेको स्थानियले जनाएका । बाजुरामा मात्र ६ सय चालिस भन्दा बढी परिवारहरु मौसमी बसाई सर्ने गरेका छन् ।।
प्रतिक्रिया