तीनकुनेमा प्रदर्शनको तयारी गरिरहेका प्रसाईका समथर्क प्रहरी नियन्त्रणमा

मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शनको तयारी गरेको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले जनाएका छन् । प्रदर्शन एघार बजेपछि हुने बताइएको छ । प्रदर्शनको तयारी गरिरहदा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहने उनको भनाइ छ । आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुने अभियानले जनाएको छ  । प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा संघका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए । अभियानले नेपाल बन्द गर्न लागेको हल्ला चलेपनि त्यस्तो कुनै कार्यक्रम नभएको प्रसाईले जानकारी दिएका छन ।

प्रतिक्रिया