स्वीट्जरल्याण्डले दिने ६५ करोड अनुदान रकम मन्त्रिपरिषदद्धारा स्वीकृत

सरकारले स्वीट्जरल्याण्ड सरकारले दिने ६५ करोड रुपैयाँ अनुदान रकम स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने करिव ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद् बैठकले सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा प्राविधिकसहितका ४ जना जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ । 
त्यसैगरी मन्त्रिपरिषद्ले ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ । त्यस्तै बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामापनि स्वीकृत गरेको छ । जन्म मिति विवादमा छानविन सुरु भएपछि उनले कात्तिक २३ गते राजीनामा दिएका थिए । 

प्रतिक्रिया