व्यवस्था परिवर्तनका लागि विद्रोहको विरुवा रोपिएको प्रसाईंको दाबी

काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले प्रदर्शन गरेको छ । संघीय राजधानी काठमाडौंसँग देशका विभिन्न स्थानबाट आएका प्रसाईं समर्थकहरूले बिहीबार प्रदर्शन गरेका हुन । उनीहरू काठमाडौंका विभिन्न भागबाट जुलुस सहित बल्खु पुगेर प्रदर्शन गरेका हुन ।
प्रदर्शनलाई सम्बोधन गर्दै व्यवसायी दुर्गा प्रसाईले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन मात्रै नभइ जनविद्रोह भएको बताए । देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै विद्रोहको विरुवा रोपिएको दाबी समेत उनले गरे ।
प्रधानमन्त्री दाहालले शासन व्यवस्था जनताको अपेक्षाअनुसार चलाउन नसकेको आरोप उनले लगाए । उनले प्रधानमन्त्रीलाई जनतामाझ आउन चुनौती दिए । मुलुकलाई मदिरा र चुरोट ल्याएर ट्रेनिङ सेन्टर र तस्करीको अड्डा बनाएको आरोप पनि संयोजक प्रसाईको छ । राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन भोली पनि जारी रहने जनाएको छ । आजको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको भन्दै अभियानले प्रदर्शनलाई निरन्तरता दिने जनाएको हो ।
 

प्रतिक्रिया