बल्खुमा प्रसाईं समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार
व्यवसायी दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनका सहभागीहरु बल्खुबाट कुलेश्वरतर्फ छिर्न खोज्दा प्रहरीसँग झडप भएको छ। बल्खु क्षेत्रमा जम्मा भएका आन्दोलनका सहभागीहरु कुलेश्वरतर्फ पस्ने प्रयास गर्दा प्रहरीले रोक्न खोजेको थियो। रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ। प्रहरीले बल प्रयोग गरेसँगै प्रदर्शनकारीहरू तितरबितर भएका छन्।
प्रतिक्रिया