चिसोका कारण जाजरकोटका थप दुई भूकम्पपीडितको मृत्यु
भूकम्पका कारण घरबास गुमाएका जाजरकोटका थप दुई भूकम्पपीडितको बुधबार ज्यान गएको छ । कुशे गाउँपालिका–९ मोताई गाउँका ५३ वर्षीय रामसिलम गिरी र नलगाड नगरपालिका–४ की २८ वर्षीया धनकुमारी खत्रीको मृत्यु भएको हो । योसँगै जाजरकोटमा अत्यधिक चिसोका कारण ज्यान गुमाउने भूकम्पपीडितको संख्या १० पुगेको छरु। एकसरो त्रिपाल र लत्ताकपडाको भरमा कष्टकर जीवनयापन गर्दै आएका भूकम्पपीडितले धमाधम ज्यान गुमाउन थालेका हुन रु। यसअघि भेरी, बारेकोट र नलगाड तथा छेडागाड र जुनेचाँदमा पनि चिसोले पीडितको मृत्यु भएको थियो । चिसोका कारण झाडापखाला, ज्वरो, रुघा, मुटुरोगी, दमका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन । जिल्ला अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन । अस्पतालमा तीन बालबालिकासहित १५ बिरामीको इमर्जेन्सीमा उपचार भइरहेको छ ।।
प्रतिक्रिया