युवा संघ र दुर्गा प्रसाईंको समूहले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछन । बल्खुमा हुन लागेको प्रदर्शनमा उपत्यकाको विभिन्न सात स्थानबाट जुलुस निस्कने तयारी गरिएको छ । आयोजकका अनुसार बिहान १० बजेपछि भक्तपुर, गंगबु, बुढानीलकण्ठ, कलंकी, सातदोबाटो, चाबहिललगायतका स्थानबाट निस्कने जुलुस बल्खु पुगेर सभामा परिणत हुनेछ । प्रसाईको आब्हानमा हुने प्रदर्शनमा सहभागी हुन देशभरवाट मानिसहरू हिजो देखि नै काठमाडौं आएका छन । शुरूमा माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरेको प्रसाई समूहले सरकारले निषेधाज्ञा जारी गरेपछि बल्खु क्षेत्रमा दिउसो एक बजेपछि प्रदर्शनको तयारी गरेको छ । प्रसाई र उनका समर्थकले गणतन्त्र र भ्रष्टाचारको विकल्पमा प्रदर्सन गर्न लागेका हुन । प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा आज काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रसाई निकट मानिसले प्रदर्शनमा पाँच लाख मानिस सहभागी हुने दावी गरेका छन् । प्रदर्शनमा सहभागीलाई काठमाडौं का विभिन्न पार्टी प्यालेजमा बस्ने खाने व्यवस्था मिलाईएको छ । प्रसाईंले पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै आएका छन् । यस्तै बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डासहित विभिन्न प्रदर्शन गरिरहेका छन् । जसलाई उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नाम दिएका छन् । झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई लगेर यसअघि पनि अभियानको सुरुवात गरेका उनले हिन्दु राष्ट्र र सङ्घीयताको बिरोध गर्दै आएका छन् । भ्रष्टाचार बढ्नु र मुलुकको आर्थिक मन्दीको कारक भन्दै ती व्यापारिक घराना र नेता रहेको दाबी प्रसाईको छ । प्रसाईंले उठाएका अन्य एजेन्डामा बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका घरजग्गा फिर्ता, सुकुम्बासी बनाउन नपाइने कानुन निर्माण, राजनैतिक संरक्षणमा भएको अरबौँ कर मिनाह बदर, बन्द उद्योग सञ्चालन, एक हजार र पाँच सयको नोट बन्दी, वैदिक सनातन धर्म सापेक्ष मुलुक, सङ्घीयताको विकल्पहरू समेटिएका छन् ।
युवा संघ प्रदर्शन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्दैछ ।संघले काठमाडौंको कोटेश्वर तीनकुने क्षेत्रमा दिउसो सरकारको अकर्मण्यताविरुद्ध प्रदर्सन गर्न लागेको हो ।प्रदर्शन भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध केन्द्रित हुने युवा संघका नेताहरूको भनाइ छ । प्रदर्शन गणतन्त्र विरोधी लक्षित समेत छ । पूर्वी बागमतीको जुलुस भक्तपुर क्षेत्रबाट, पश्चिम बागमतीको बालाजु र कलंकी हुँदै ललितपुर क्षेत्रबाट कोटेश्वरमा जम्मा गराएर कम्तीमा ४ घण्टा प्रदर्शन गर्ने संघको तयारी छरु। सुरूमा माइतीघरमा प्रदर्शन गर्न लागेको युवा सघंले सरकारले माइतीघरमण्डलादेखि बानेश्वरको मीनभवन पुलसम्म एक महिनासम्म निषेधाज्ञा जारी गरेपछि तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने भएको हो । भ्रष्टाचार, महँगी र अराजकताविरुद्ध मंसिर ७, युवा विद्यार्थीको साथ’ नारा दिएर संघले काठमाडौं उपत्यका र बागमती आसपासबाट अनेरास्ववियुसहित पार्टीसम्बद्ध अन्य जनसंगठनको सहयोगमा प्रदर्शनको तयारी गरिरहेको छरु। प्रदर्शनको स्वामित्व लिँदै एमालेले पनि कार्यक्रममा सहभमगी हुन अपिल गरेको छ । युवा संघले प्रदर्शनमा ५० हजार नागरिक सहभागी हुने जनाएको छ । प्रदर्शनको प्रचारका लागि संघले बुधबार साँझ काठमाडौंमा मसाल जुलुस तथा स्वयंसेवकलाई मार्चपास गराएको थियो ।
प्रतिक्रिया