हमास र इजरायलबीच चार दिने युद्ध विराम आजवाट लागू

हमास र इजरायलबीच चार दिने युद्ध विराम आजवाट लागू भएको छ । झन्डै डेढ महिनादेखि जारी युद्धकाबीच दुबै पक्षबीच सहमति भए अनुसार स्थानीय समय अनुसार आज बिहान दश बजेबाट युद्ध विराम लागू हुने भएको हो । हमास र इजरायलबीच चार दिनका लागि युद्ध विराम गर्ने सहमति भएको हो । युद्ध विरामको क्रममा दुबै पक्षले आफ्ना नियन्त्रणमा रहेका नागरिकहरूलाई रिहा गर्ने सहमति भएको छ । सहमतिका अनुसार हमासले बन्धक बनाएका ५० जना इजरायलीलाई पहिलो चरणमा रिहा गर्ने छन् । इजरायलको नियन्त्रणमा रहेका १ सय ५० जना प्यालेस्टिनी रिहा हुने मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले जनाएको छ । इजरायलका विदेश मन्त्री एली कोहेनले बन्धक बनाइएका इजरायली नागरिकलाई सम्भवतः आजै रिहा गर्ने आशा गरिएको बताएका छन् । सहमति अनुसार युद्ध विरामको क्रममा इजिप्टको रफाह क्रसिङ्ग बोर्डरबाट सहयोग सामग्रीयुक्त दुई सय ट्रक, चार इन्धन ट्याङ्कर र चार ग्यासको ट्रकलाई पनि गाजा प्रवेश गर्न दिइने छ । छाड्ने भनिएका ५० जनाभित्र ३ अमेरिकी नागरिक हुने जनाएको छरु। यसैबीच, हमास र इजरायलबीच भएको सहमतिलाई विश्व समुदायले स्वागत गरेका छन । अमेरिकी राष्ट्रपति जो बाइडेनले कतार र इजिप्टका नेताहरूलाई सम्झौतामा पुग्न ‘महत्वपूर्ण नेतृत्व’ का लागि धन्यवाद दिएका छन । बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले यो सम्झौतालाई ‘बन्धक बनाइएका परिवारलाई राहत प्रदान गर्ने र गाजामा मानवीय सङ्कटलाई सम्बोधन गर्ने दिशामा महत्त्वपूर्ण कदम’ भनेका छन । कात्तिक ३ र ७ मा हमासले चार बन्धकलाई रिहा गरेको थियोरु। त्यस्तै इजरायली सेनाले गाजामा कात्तिक १२ मा गरेको स्थलगत कारबाहीका क्रममा आफ्ना सैनिक ओरी मेगिदिशलाई हमासको नियन्त्रणबाट मुक्त गरेको थियोरु। हमासले ४० बालबालिका, १३ आमा र ३४ विदेशीसहित २ सय ४० जनालाई बन्धक बनाएर गाजा क्षेत्रमा राखेको इजरायलको दाबी छ । 

प्रतिक्रिया