भारतबाट ल्याइएका मुर्रा भैसी पशु प्रजनन् केन्द पठाइने

भारतबाट नेपालगन्ज ल्याइपु¥याइएका १५ वटा मुर्रा जातका राँगाको स्वास्थ्य परीक्षणपछि आज पशु प्रजनन् कार्यालय केन्द्रमा पठाइने भएको छ । पुश क्वारेन्टाइनका चिकित्सकहरुले नेपालगञ्जमा परीक्षणपछि यी राँगाहरुलाई देशका ३ वटा पशु प्रजनन् कार्यालयहरुमा पठाइने भएको हो । नेपालगन्ज ल्याइएका यी राँगामध्ये ३ वटा बाँकेको गौघाटस्थित प्रजनन् कार्यालयमा, ७ वटा पोखरा र ५ वटा लाहानको प्रजनन् कार्यालयमा पठाइँदै छ । मुर्रा जातका रागको तातो वीर्य संकलन अर्थात  फ्रोर्जन सिमेनउत्पादन गरी कृत्तिम गर्भाधानका लागि प्रयोग गरिने छ । यी मुर्रा राँगाहरु भारतको केन्द्रीय भैँसी अनुसन्धान केन्द्रबाट बुधबार नेपालगञ्ज ल्याइएका ुहन । पशु सेवा विभागका अधिकारीले मुर्रा राँगाबाट भैँसीको वंश सुधारसँगै उत्पादन र उत्पादकत्व बढाउन सकिने अपेक्षा गरेका छन् । पशु प्रजनन् केन्द्रमा रागको बिर्य संकलन अर्थात फ्रोजन सिमेन उत्पादन गरिने छ। एउटा रागाबाट कम्तिमा २० देखि ५० हजार डोज फ्रोजन सिमेन उत्पादन हुँने बताइएको छ । राँगाको रेखदेख प्रजनन् केन्द्रले गर्ने छन् । उत्पादन गरिने वीर्य उच्च हिमाली र पहाडी जिल्लाभन्दा तराई क्षेत्रका भैँसीको वंश तथा नस्ल सुधारमा प्रयोग गर्ने पशु विभागका अधिकारीले बताएका छन् । 

प्रतिक्रिया