शेयर बजारमा दोहोरो अंकको सुधार

आज  सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार दोहोरो अंकले घटेको नेप्से आज २० दशमलव ६७ अंकले बढेर १८ सय ५० दशमलव ३३ अंकमा उक्लिएको हो । नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि अघिल्ले दिनको तुलनामा बढेको छ । आज २ सय ९४ कम्पनीको ४२ लाख १३ हजार कित्ता सेयर १ अर्ब ८ करोड ७० लाख रुपैयाँमा किनबेच भएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.१५ अंकले बढ्दै ३५४.२१ अंकमा उक्लिएको छ । त्यस्तै, होटेल तथा पर्यटन समूहको उपसूचक ३ दशमलव ४९ प्रतिशत, हाइड्रोपावर समूहको उपसूचक २ दशमलव ३६ प्रतिशत, म्यानु एण्ड प्रो समूहको उपसूचक १ दशमलव ८४ प्रतिशत, फाइनान्स समूहको उपसूचक १ दशमलव ३१ प्रतिशत र इन्भेस्टमेन्ट समूहको उपसूचक १ दशमलव २६ प्रतिशतले बढेको छ । म्युचुअल फन्डको उपसूचक भने आज ० दशमलव ०३ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै सोना मिनरल्सको १० करोड ७६ लाखभन्दा बढीको शेयर किनबेच भएको छ ।
 

प्रतिक्रिया