शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउन प्रमुख तीन दल सहमत

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच संक्रमणकालीन न्याय सम्वन्धी विधेयक छिट्टै टुंगोमा पु¥याउने सहमति भएको छ । शान्ति प्रक्रियाको १७ वर्ष पुगेको अवसरमा तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भएको छलफलमा आगामी संसदको अधिवेशनबाट विधेयक पारित गर्ने सहमति भएको जनाइएको छ । छलफलमा नेताहरुले शान्ति सम्झौताका बाँकी कामहरूलाई यथाशक्य छिटो टुंगोमा पु¥याउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्ष लाग्दा पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगो लागेको छैन । तत्कालीन विद्रोही माओवादी र सात दलबीच २०६३ मंसिर ५ मा १२ बुँदे शान्ति सम्झौता भएको थियो । सम्झौता अनुसार सेना समायोजन, राज्यको पुनःसंरचनासहित संविधान निर्माणको काम सम्पन्न भएपनि संक्रमणकालीन न्यायको काम भने टुंगो लागेको छैन ।।

प्रतिक्रिया