छोटो अवधिका लागि युद्ध रोक्न इजरायल सहमत,  ४ दिनमा ५० बन्धक छाड्ने सम्झौता

हमासकाे कब्जामा रहेका बन्धकलाई रिहा गर्ने सर्तमा इजरायल छोटो अवधिका लागि युद्ध रोक्न सहमत भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायल बन्धकलाई घर फर्काउन ४ दिनका लागि युद्धविराम गर्न तयार भएको हो। इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्ने सम्झौता भएको छ। बन्धक छाड्ने विषयमा सम्झौताका लागि इजरायल र हमासबीच कतारले मध्यस्थता गरिरहेको छ। कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ बन्धक छाडिसकेको छ। इजरायली मन्त्रिपरिषद् बैठकले बन्धक छाड्ने र युद्ध विराम गर्ने सम्झौताको प्रस्ताव स्वीकृत गरिसकेको छ। तर सबै बन्धक सुरक्षित रूपमा घर फर्किएपछि हमासविरुद्धको कारबाही पुनः सुरु हुने इजरायलले जनाएको छ। हमासले २४० जनालाई बन्धक बनाएको इजरायली सरकारको दाबी छ। जसमा नेपाली विद्यार्थी विपिन जोशीसमेत पर्छन्। इजरायली सुरक्षा फौजले जोशी गाजामा हमासको कब्जामा रहेको दाबी गरेको छ। जोशी र अर्का एक थाई नागरिकलाई हमासले उपचारका लागि गाजास्थित शिफा अस्पताल पु¥याएको भिडिओ सार्वजनिक गरेको थियो ।। 
 

प्रतिक्रिया