टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा कारण देखाउन सर्बोच्चकाे आदेश

सामाजिक संजाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले मंसिर १५ गतेभित्र टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो । अदालतले मंसिर १९ गते रिटमाथि पूर्ण सुनुवाइका लागि पेसी तोकेको छ । सरकारले कात्तिक २७ गते टिकटकमार्फत लगातार रूपमा सामाजिक सद्भाव बिथोल्नुका साथै पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल हुने गरी प्रचारप्रसार गरिरहेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा १३ रिट निवेदन दर्ता भएका थिए ।

प्रतिक्रिया