इजरायल र बिद्रोही समूह हमास शान्ति सम्झौताको नजिक

हमास समूह र इजरायलबीच युद्धविरामको सम्झौता हुन सक्ने सम्भावना बढेर गएको छ । हमासका अधिकारीहरू युद्धविरामका लागि इजरायलसँग सम्झौताको नजिक पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । दुवै पक्षबीच कतारमा वार्ता भइरहेको र त्यसमा कतारले मध्यस्थता गरिरहेको छ  । हमासका नेता इस्माइल हानियाले पनि युद्धविराम सम्झौतामा पुग्न नजिक रहेको बताएका छन । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले अपहरण गरेका बन्धकहरू रिहाइका लागि सम्झौताको नजिक पुगेको संकेत गरेका थिए । उनका अनुसार इजरायलले आक्रमण रोकेमा हमासले केही बन्धकहरूलाई रिहा गर्न सक्नेछ । मानवीय सहायता संगठन रेडक्रस इन्टरनेशनल कमिटी ले यसअघि रिहा भएका बन्धकहरूलाई सहयोग गरेको थियो । संगठनले पनि आफ्ना प्रमुख हमासका अधिकारीहरूलाई भेट्न कतारमा रहेको बताएको छ । यी घटनाक्रमले बन्धकहरूको रिहाइबारे छिट्टै सहमति हुने आशा जगाएको छ । पाँच दिने युद्धविरामको तयारी भइरहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छा । त्यसको बदलामा हमास र प्यालेस्टाइनको अर्को एक चरमपन्थी समूह इस्लामिक जिहादले बन्धक बनाएका ५० देखि १०० जनालाई रिहा गर्नसक्ने बताइएको छ । रिहा हुनेमा इजरायल र अन्य देशका बन्दीहरु हुनेछन् ।  त्यसमा सुरक्षाकर्मी भने नहुने बताइएको छ । 
 

प्रतिक्रिया