अर्थतन्त्र सुधारबारे प्रधानमन्त्री दाहाल नीजि क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै

मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने के गर्ने भन्नेबारे सरकारले आज निजी क्षेत्रसँग सुझाव लिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज निजीक्षेत्रका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन । उद्योगी, व्यवसायीहरूको चिन्ताको विषयलाई  प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने बताइएको छ । क्षेत्रगत छलफलपछि प्रधानमन्त्रीले सत्ता साझेदार दल र विपक्षी दलहरूसँग पनि छलफल गर्ने तयारी गरेका छन । देशको आर्थिक अवस्था नसुर्धेपछि तनावमा परेका प्रधानमन्त्री दाहालले यो संकटबाट पार पाउन निरन्तर छलफल थालेका छन । उनले सोमबार विभिन्न विषयगत मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए । लामो समयदेखि शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले छलफल थालेको छरु। मुलुकका बाह्य सूचक बलिया हुँदै आएको, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घट्दो क्रममा रहेकोलगायत सकारात्मक पक्ष रहे पनि आन्तरिक आर्थिक गतिविधि बढ्न नसकेकाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले छलफल थालेको होरु।।
 

प्रतिक्रिया