आईओसीबाट मूल्य घटेर आए पनि निगमले मूल्य घटाएन

इन्डियन आयल आयल कर्पोरेसन आईओसी बाट डिजेलको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य घटाएको छैन। डिजेलको मूल्य लिटरमा ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा घटेर आए पनि ग्यासमा प्रति सिलिन्डर २ सय ८० रुपैयाँ घाटा भएको भन्दै निगमले मूल्य नघटाएको हो । मूल्य घटेर आउँदा निगमलाई डिजेलमा ३४ करोड रुपैयाँ नाफा भए पनि ग्यासमा ३४ करोड नै घाटा रहेकाले मूल्य समायोजन नगरेको निगमको भनाइ छ । आईओसीबाट हरेक १५–१५ दिनमा नयाँ मूल्य आएका आधारमा मूल्य निर्धारण हुने भएपनि नियमले त्यसलाई स्वचालित बनाएको छैन । निगमलाई पछिल्लो समय आईओसीबाट प्राप्त मूल्यमा २३ करोड नाफा रहेको छ । सरकारलाई ऋण तिर्न बाँकी रहेकाले घाटा पूर्ति गर्न मूल्य समायोजन नगरेको निगमको भनाइ छ । सरकारलाई ७० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया