चोभार सुख्खा बन्दरगाह संचालनको जिम्मा निजी क्षेत्रलाई
_YIUcfFTI6N_rpe4qmllcdhkhgdjbkfiqzlhgcyw9jxkygm9oqn7kjbrgvpmbauxrldzvmnp_49ZvlcUSyy_ag8x5fqh9zw3ry0abinuu6gdh2axp0akrrmsziqrez2kak0sdduk3sp1kxtm.jpg)
चोभार सुख्खा बन्दरगाह संचालनको जिम्मा निजी क्षेत्रले पाएको छ । सो बन्दगाह संचालनमा आएको करीव डेढबर्षपछि सरकारले निजी क्षेत्रलाई पाँचबर्षका लागि भाडामा दिएको हो । चोभार सुख्खा बन्दरगाह संचालनका लागि २ करोड ८८ लाखमा निजी कम्पनीलाई भाडामा दिएको हो । संचालनमा आएको करीव डेढबर्षपछि नाफा कमाउने उदेश्यका साथ पाचबर्ष संचालनका लागि निजी क्षेत्रलाई दिइएको सरकारले जनाएको छ ।दुई महिनाभित्र संचालन र व्यवस्थापनको जिम्मेवारी सुम्पिने गरी ट्रान्स नेपाल फ्रेड सर्भिसेज जेबीलाई पाँचबर्षका लागि भाडामा दिइएको हो । चोभार सुख्खा बन्दरगाह २०७८ चैत्रदेखि संचालनको आएको थियो ।ट्रान्स नेपालले पाँचबर्षमा बन्दरगाह संचालन गरेबापत सरकारलाई २ करोड ८८ लाख रुपैया दिने सहमति भएको छ । दुई सय रोपनी क्षेत्रफलमा बनेको चोभार सुख्खा बन्दरगाहमा ५ सय ट्रक र पाँच सय कन्टेनर राख्नसक्ने क्षमताको पार्किङ रहेको छ । आयात र निर्यातलाई सहजीकरण गर्न बिश्व बैकको १ अर्व ५३ करोड रुपैयाँ ऋृण सहयोगमा यो बन्दरगाहको निर्माण भएको थियो ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया