नक्कली भुटानी शरणार्थी प्रकरणमा आजवाट निरन्तर सुनुवाइ
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको आरोपविरुद्ध तत्कालीन गृहमन्त्री, गृह सचिव, उपप्रधानमन्त्री, सुरक्षा सल्लाहकारसहितको मुद्दामा आजबाट पाटन उच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छरु।कानुनी निरूपण क्रममा अहिलेसम्मकै गम्भीर र राज्य तहका वरिष्ठ पदाधिकारी संलग्न यो मुद्दामा बहस गर्नका लागि प्रतिवादीहरूका तर्फबाट ६० भन्दा बढी कानुन व्यवसायी रहेका कारण आजबाट निरन्तर सुनुवाइको तालिका तय भएको होरु। नक्कली शरणार्थी प्रकरणका अराोपी झन्डै ६ महिनायता सुन्धारा तथा नख्खुस्थित कारागारमा पुर्पक्ष थुनामा रहेका छन । थुनामा रहेका १६ प्रतिवादीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी अभियोग छरु। उक्त मुद्दाको सुनुवाइपछि काठमाडौं जिल्ला अदालतले गत असार १ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियोरु। जिल्ला अदालतको उक्त फैसलालाई ‘बेरीतको आदेश बदर गरी तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न पाऊँ’ भन्दै उच्च अदालतमा अभियुक्त सबैले गत साउन १२ मा पुनरावेदन दिएका थिएरु। निवेदन परेयता उच्च अदालतमा ६ पटक पेसीमा चढे पनि सुनुवाइ भएको थिएन । नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई लागयतको संलग्न देखिएको छ । दायर भएको अभियोग पत्रअनुसार फैसला भएमा ठगी र किर्तेअन्तर्गत हरेकमा ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छरु। यस्तै, राज्यविरुद्धमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तथा सार्वजनिक ओहदामा रहेकालाई थप ३ वर्ष कैद हुन सक्नेछरु। यस्तै, संगठित अपराधका हकमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।
प्रतिक्रिया