सर्वोच्चमा रिक्त न्यायाधिसमा आज नाम सिफारिस गर्ने तयारी
न्याय परिषद्ले आज अदालतहरुमा न्यायाधीशको नाम सिफारिस गर्ने तयारी गरेको छ । आज एघार बजेपछि बस्ने परिषदको बैठकले न्यायाधिस नियुक्तिका लागि नाम सिफारिस गर्ने तयारी गरेको हो । सर्वोच्च अदालतमा ठूलो संख्यामा न्यायाधीश सिफारिसको गृहकार्य अन्तिम चरणमा परिषद पुगेको हो । हिजो अनौपचारिक रुपमा छलफलमा बसेका न्यायपरिषद्का सदस्यहरुले करिब करिब नामावली टुंग्याएको र केही सामान्य मतभेद आज बैठक बसेर अन्तिम रुप दिने तयारी गरिएको छ । रिक्त सात मध्ये कानून व्यवसायीहरुबाट अधिकतम २ र न्याय सेवामै रहेका न्यायाधीशहरुबाट पाँच जनासम्म लैजाने तयारी परिषदको छ । संविधानमा संवैधानिक पदाधिकारी सहित सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर विभिन्न कारणले साढे दुई वर्षदेखि नियमित न्यायाधीश सिफारिस प्रक्रिया अवरुद्ध छ ।२०७८ जेठपछि सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस नहुँदा एक तिहाइ न्यायाधीश रिक्त रहेका छन । सर्वोच्चमा हुनुपर्ने २१ मध्ये ७ न्यायाधीश रिक्त भएकाले १४ जना न्यायाधीशले मात्रै नियमित न्याय सम्पादन गर्दै आएका छन ।।
प्रतिक्रिया