पृथ्वीको तापक्रम दुई दशमलब नौ डिग्री सेल्सियससम्म पुग्ने चेतावनी

संयुक्त राष्ट्रसंघले विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौती गर्ने प्रतिबद्धतालाई इमानदारिताका साथ कार्यान्वयन गर्न नलागे यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्ने  चेतावनी दिएको छ । दुबईमा महत्त्वपूर्ण कोप–२८ जलवायु वार्ताको अघि संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम यूएनईपीको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गरिएको हो ।  यसले अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको जनाएको छ । यो वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने अपेक्षा गरिएको सन्दर्भमा यूएनईपीले विश्वले बिग्रिएको जलवायु रेकर्डको सङ्ख्या, गति र परिमाणमा चिन्ताजनक गति देखिरहेको उल्लेख गरेको छ।  पृथ्वी सन् २१०० सम्ममा २.५ डिग्री सेल्सियस र २.९ डिग्री सेल्सियसको बीचमा विनाशकारी तापको मार्गमा  रहेको उसको भनाइ छ । सन् २०२१ देखि २०२२ सम्ममा १.२ प्रतिशतले उत्सर्जन वृद्धि भएको विश्वले वायुमण्डलमा हरितगृह ग्यासको रेकर्ड स्तरलाई प्रोत्साहन गरिरहेको यूएनईपीले जनाएको छ ।  यसैविच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नोभेम्बर ३० देखि शुरु हुने कोप–२८ वार्तामा ‘नाटकीय जलवायु काययोजर्ना’को खाका प्रस्तुत गर्न आह्वान गरेका छन् । विश्वले जलवायु परिवर्तन नियन्त्रणको हालको पदचाप प्रभावकारी नभएको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए ।
 

प्रतिक्रिया