मेसीले कतार विश्वकपमा लगाएका जर्सी बिक्रीमा

अर्जेन्टिनाका फरवार्ड लियोनल मेसीले सन् २०२२ को कतार विश्वकपमा लगाएका ६ वटा जर्सी बोलकबोल ‘अक्सन’मा बिक्री गरिने भएको छ । यो महिनाको अन्तिममा जर्सीको मूल्यमा बढाबढ अर्थात ‘बिडिङ’ सुरु हुनेछ । सेतो र निलो रंगको जर्सीको अक्सन नोभेम्बर ३० देखि सुरु भएर डिसेम्बर १४ मा बन्द हुनेछ । सोही बेला सर्वसाधरणका लागि जर्सीलाई प्रर्दशनीमा पनि राखिनेछ । जर्सीको संकलनले दश मिलियन डलरभन्दा बढी मूल्य पाउने विश्वास गरिएको छ । मेसीले लगाएको जर्सी, खेलकुद जगतकै सबैभन्दा मूल्यवान हुने अनुमान गरिएको छ । अक्सनबाट प्राप्त रकमको केही हिस्सा लियो मेसी फाउन्डेसनको पनि सहयोग रहेको बार्सिलोनाको बाल अस्पताललाई प्रदान गरिनेछ । 
 

प्रतिक्रिया