मंसिर ७ गतेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा हेरेको छ: अर्थमन्त्री महत
सरकारले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रुपमा हेरिरहेको जनाएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आज पत्रकारसँग कुरा गर्दै संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको भएपनि समाज भन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने बताएका हुन । मन्त्री महतले मंसिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याका बारेमा सरकार सचेत रहेको बताए ।
अर्थमन्त्री महतले अधिकार प्राप्तिको स्वतन्त्रताका लागि आफूहरु पनि लड्न तयार रहेको पनि उल्लेख गरे । यसैविच नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरूलाई रोक लगाएको हो । दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने र छलफलमा आए छुट्टा छुट्टै स्थान तोकिने जिल्ला प्रशासन कार्यालय काठमाडौले जानकारी दिएको हो । जबरजस्ती कार्यक्रम गर्न खोजे कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ । साथै दुबै प्रदर्शनका लागि फरक–फरक ठाउँमा अनुमति दिने तयारी कार्यालयले गरेको छ । प्रसाईँ र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै कडाइ गर्न लागेको हो ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया