मंसिर ७ गतेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा हेरेको छ: अर्थमन्त्री महत

सरकारले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रुपमा हेरिरहेको जनाएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आज पत्रकारसँग कुरा गर्दै  संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको भएपनि समाज भन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने बताएका हुन । मन्त्री महतले मंसिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याका बारेमा सरकार सचेत रहेको बताए । 
अर्थमन्त्री महतले अधिकार प्राप्तिको स्वतन्त्रताका लागि आफूहरु पनि लड्न तयार रहेको पनि उल्लेख गरे । यसैविच नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरूलाई रोक लगाएको हो । दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने र छलफलमा आए छुट्टा छुट्टै स्थान तोकिने जिल्ला प्रशासन कार्यालय काठमाडौले जानकारी दिएको हो । जबरजस्ती कार्यक्रम गर्न खोजे कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ । साथै दुबै प्रदर्शनका लागि फरक–फरक ठाउँमा अनुमति दिने तयारी कार्यालयले गरेको छ । प्रसाईँ र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै कडाइ गर्न लागेको हो ।

प्रतिक्रिया