रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बिहान चौरजहारी नगरपालिका–८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा रहेका सबै घाइते भएका हुन । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । सामान्य घाइतेको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइते पाँच जनालाई हेलिकप्टरमार्फत थप उपचारका लागि बाहिरी जिल्ला लैजाने तयारी भइरहेको छ । सिकिस्त घाइतेमध्यका दुई जनालाई भने एम्बुलेन्समार्फत सुर्खेत पठाइएको छ ।  चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको जीप दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया