भूकम्प पीडितका लागि अस्थायी आवास निर्माणको प्रक्रिया सुरु

जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडित घरपरिवारका लागि अस्थायी आवास निर्माणको प्रक्रिया सुरु भएको छ । सरकारले अस्थायी आवास निर्माणका लागि सहयोग गर्ने निर्णय गरेसँगै स्थलगत रूपमा क्षतिको विवरण सङ्कलन सुरु भएको छ भने प्रभावित क्षेत्रमा स्वतःस्फूर्त रूपमा पनि अस्थायी आवास निर्माणको काम सुरु भएको हो । वडा कार्यालय मार्फत प्राप्त विवरण स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय भई मङ्सिर पहिलो साता भित्र जिल्ला विपद् व्यवस्थापन समितिमा आइपुग्ने गरी तयारी प्रशासनले गरेको हो । सोही विवरणको आधारमा अस्थायी आवास निर्माणको लागि सहयोग गरिने सबन्धित प्रशासन कार्यालयले जनाएका छन । उहाँका अनुसार कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित व्यक्तिहरूको तत्काल अस्थायी आवास निर्माणको लागि ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । पूर्ण क्षति भएका र आंशिक क्षति भए तापनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई सो सहयोग गरिने भएको हो ।
 

प्रतिक्रिया