मुलुकमा संघीय चुनाव भएको एक वर्ष पूरा

संघीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष आजकै दिन मंसिर चार गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो । चुनावमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका थिए । कांग्रेसलगायतका दलहरुसँग गठबन्धन गरेर तेस्रो स्थान हासिल गरेको माओवादीको नेतृत्वमा सरकार सञ्चालन भएको छ । शुरुमा एमालेको साथ पाएर प्रधानमन्त्री नियुक्त भएका माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्ता समीकरण परिवर्तन गरी पहिलेकै गठबन्धनलाई निरन्तरता दिएका छन । चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चौथो शक्तिको रुपमा स्थापित भएको छ । नागरिक उन्मुक्ति, जनमुक्ति र राप्रपाले पनि संसदमा बलियो उपस्थित जनाएका छन । नयाँ निर्वाचनको बर्षदिन पुगेपनि मुलुकको अर्थतन्त्रको समस्या उस्तै रहेको छ । मंहगी लगायत जनजीविकाका विषय समाधान नभएको सर्वसाधारणको गुनासो छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया