मुलुकमा संघीय चुनाव भएको एक वर्ष पूरा

संघीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष आजकै दिन मंसिर चार गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो ।  चुनावमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका थिए । कांग्रेसलगायतका दलहरुसँग गठबन्धन गरेर तेस्रो स्थान हासिल गरेको माओवादीको नेतृत्वमा सरकार सञ्चालन भएको छ । शुरुमा एमालेको साथ पाएर प्रधानमन्त्री नियुक्त भएका माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्ता समीकरण परिवर्तन गरी पहिलेकै गठबन्धनलाई निरन्तरता दिएका छन । चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चौथो शक्तिको रुपमा स्थापित भएको छ । नागरिक उन्मुक्ति, जनमुक्ति र राप्रपाले पनि संसदमा बलियो उपस्थित जनाएका छन । नयाँ निर्वाचनको बर्षदिन पुगेपनि मुलुकको अर्थतन्त्रको समस्या उस्तै रहेको छ । मंहगी लगायत जनजीविकाका विषय समाधान नभएको सर्वसाधारणको गुनासो छ ।
 

प्रतिक्रिया