गाजामा इजरायली आक्रमणमा थप तीन पत्रकार मारिए
गाजामा इजरायली आक्रमणमा थप तीन पत्रकार मारिएका छन् । गाजामा एक प्रमुख मिडिया संस्थाका प्रमुख र दुई अन्य पत्रकार सप्ताहन्तमा मारिएका हुन । आइतबार मात्रै बेलाल जदल्लाह, एक पत्रकार र प्यालेस्टाइन प्रेस हाउसका बोर्ड प्रमुख मारिएका हुन । उनको फार्मासिस्ट भाइ गम्भीर घाइते भएका छन । जदल्लाह बाहेक दुई स्वतन्त्र पत्रकारहरू हसौना स्लीम र सारी मन्सुर शनिबार गाजा पट्टीको केन्द्रमा रहेको बुरेज शरणार्थी शिविरमा इजरायली आक्रमणमा मारिएका छन । न्यूयोर्कमा रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्टले अक्टोबर ७ इजरायलमा हमासको आक्रमण र त्यसपछिको इजरायली आक्रमणपछि यस क्षेत्रमा मारिएका पत्रकार र सञ्चारकर्मीको संख्या ४८ पुगेको पुष्टि गरेको छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया