भूकम्प पीडितलाई पहिलो चरणमा २५ हजार रुपैयाँ दिइने

सरकारले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि पहिलो चरणमा २५ हजार रुपैया मात्रै दिने भएको छ । सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी अवास निर्माण अनुदान कार्यविधि स्वीकृत गरि पहिरो किस्ता स्वरुप २५ हजार दिने भएको हो । त्यसपछि प्रक्रिया पूरा भएका र स्थानीय तहले बाँकी रकम दिन उपयुक्त छ भनी सिफारिस गरेका अस्थायी आवासका लाभग्राहीलाई अन्तिम किस्तामा २५ हजार रुपैयाँ उपलब्ध गराइने कार्यविधि तयार भएको छ । त्यसका लागि पनि स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले पहिचान तथा सिफारिस तथा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको स्वीकृति आवश्यक पर्नेछ । भूकम्प गएका बखत एउटै आवासमा बसोवास गरिआएका जतिसुकै परिवार भए पनि ती सबैलाई एउटै परिवार मानी एउटा मात्र अस्थायी आवास लाभग्राही कायम हुने पनि कार्यबिधिमा उल्लेख छ । कार्यबिधिमा अस्थायी आवास बनाउन सम्बन्धित स्थानीय तहलाई सहरी विकास मन्त्रालयले प्राविधिक सहयोग समेत उपलब्ध हुने उल्लेख छ । कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दू बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १३ जिल्लाका ३५ हजार ४ सय ५५ घरमा आंशिक र २६ हजार ५ सय ५७ घरमा पूर्ण क्षति गरेको छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया