माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकता प्रक्रिया अघि बढने

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढने भएको छ । आज नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाडामा भएका दुई पार्टीको वार्ता समिति बैठकले एकता प्रक्रिया अघि बढाउन एकता संयोजन समिति बनाउन सुझाव दिएको हो । माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र नेसपाबाट गंगानारायण श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले पार्टी एकताका लागि संयोजन समिति बनाउन सुझाव दिएको हो । समितिमार्फत दुई पार्टीको नाम, विधान, विचार, चुनाव चिह्नलगायतका विषयमा सहमति गर्न सुझाव बैठकले दिएको छ । दुई पार्टीबीच एकता गर्ने सहमति भए पनि लामो समयदेखि अघि बढन सकेको छैन । पछिल्लो समय नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई माओवादीसँग पार्टी एकताको पक्षमा सकारात्मक देखिएका छैनन् । 
 

प्रतिक्रिया