केबुलकारलाई ट्रान्सपोटेसनको रुपमा प्रयोग गर्न आवश्यकः कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई यातायातको साधनको रुपमा रुपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन । शनिवार लुम्बिनी केबुलकारको भ्रमणपछि उनले केबुलकारलाई पर्यटनको हिसावले मात्रै नभइ ट्रान्पोटेसनको हिसावले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताएका हुन । कार्यकारी निर्देशक घिसिङले नेपालमा सडक बनाएर डाँडाँमा पुग्नु भन्दा केबुलकार बनाएर त्यहाँको प्रवद्र्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए ।
कार्यकारी निर्देशक घिसिङले केबुलकारहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवद्र्धन गर्न र विद्युत खपत बढाउने काम गरेको बताए । नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको संख्या अझै बढ्नुपर्ने उनको भनाइ थियो । लुम्बिनी केबलकारमा दशैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड बढेको छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया