मंसिर २९ गतेवाट पुनः अनसन बस्ने डाक्टर केसीको चेतावनी

अभियन्ता डाक्टर गोविन्द केसीले यही मंसिर २९ गतेवाट पुनः अनसन बस्ने चेतावनी दिएका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले आफ्ना माग पूरा गर्न सरकारलाई २८ गतेसम्मको समयसीमा दिएका हुन् । विगतमा भएका सम्झौता, सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूमा निःशुल्क औषधी तथा उपचार व्यवस्था, गेटा मेडिकल कलेजलाई तुरुन्त सन्चालनमा ल्याउनुपर्ने उनको माग छ । त्यस्तै डा केसीले डडेलधुरा, उदयपुर, ईलाम लगायतमा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान तुरुन्त निर्माण गर्न माग गर्दै आएका छन । विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी मापदण्ड सम्वन्धी उच्च शिक्षा ऐन पारित गर्न, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन पारित गर्न, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने प्रकृया अगाडि बढाउनुपर्ने पनि डाक्टर केसीको माग छ । 
 

प्रतिक्रिया