बलिउडका गीतकार समिरलाई काठमाडौंमा अभिनन्दन

बलिउडका गीतकार समिर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ ।  काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिवार उनलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो । समीर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकार समेत हुन् ।  विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाएका उनले  ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन् ।  कार्यक्रममा गीतकार समिरले नेपाली भाषा धेरै प्रिय रहेको बताए । उनले  आफू नेपालमा पहिलो पटक आएको र नेपालका बारेमा धेरै कुरा लेख्ने बताए । 
कार्यक्रममा साहित्यकार वसन्त चौधरीले समिर अञ्जान कसैका लागि पनि अञ्जान नाम नभएको बताए । उनले अञ्जानको गीतले हरेक मानिसलाई जिउन सिकाउने बताए । 
गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय रहेका छन् ।
 

प्रतिक्रिया