अनुदानबापतको रकम समयमै नपाउँदा उखु किसान मारमा
बैंक तथा वित्तीय संस्थाले उखु किसानलाई दिनुपर्ने अनुदानबापतको रकम समयमै हस्तान्तरण नगरिदिँदा उखु किसानको छठपर्वसमेत खल्लो भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले कात्तिक २३ गते विभिन्न बैंक, वित्तीय संस्था तथा सहकारीका खातामा एकमुस्ट रकम पठाइदिएको थियो तर कात्तिक २४ गते शुव्रmबार बैंक खुलेदेखि ३० गतेसम्म तिहार बिदा भयो । मङ्सिर १ गते शुक्रबार बैंक खुले पनि अधिकांश बैङ्कले किसानको खातामा पैसा नपठाएका हुन । चाडपर्वका समयमा समेत व्यस्तताका नाममा बैंक खातामा पैसा हस्तान्तरण नगरिदिँदा दसैँ मात्र नभएर तिहार र छठसमेत खल्लो भएको नेपाल उखु उत्पादक महासंघको भनाइ छ । तिहारको मुखमा कोलेनिकामार्फत दिनुपर्नेमध्ये ३० प्रतिशत रकम आएको र त्यो पनि नभ्याइएको भन्दै रकम भुक्तानी नगर्नु विडम्बनापूर्ण रहेको किसानको भनाइ छ ।
प्रतिक्रिया